२०८३ कार्तिक ८ गते शनिवार

नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा रेउले

अश्वारा, १८ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका –८ स्थित अश्वारा नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर रेउले चयन हुनुभएको छ । शनिबार मन्दिर परिसरमा बसेको भेलाले रेउलेको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा पार्वती केसी, सचिव निमबहादुर खडका, कोषाध्यक्ष हेमलाल डाँगीलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरूमा आशा बुढाथोकी, अमर बहादुर बिक, भुपेन्द्र डाँगी, भुपेन्द्र भण्डारी, गजबिर रेउले र लक्ष्मी बिक रहनु भएको छ ।

मन्दिर संरक्षण निर्माण समन्वय समितिका संयोजक हस्तबहादुर बिकको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सोअवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, मन्दिरका निवर्तमान अध्यक्ष झग्गु प्रसाद शाहु, पुजारी बासुदेव भुसाल, शिक्षक द्धोय दिलाराम बिसी, टोप बहादुर रोका, आजीवन सदस्य दिपक शाह, जित बहादुर खडका, सल्लाहकार शेषमणी शर्मा लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।   

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।