दाङ, १५ असोज । दशैंको नवमीका दिन थारू समुदायमा परम्परागत गँवल्या टीका लगाउने चलनअनुसार आज विशेष पूजाआजा र टीका कार्यक्रम हुँदैछ ।
थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्ण बहादुर चौधरीका अनुसार, मटावाको नेतृत्वमा भुईह्यारथानमा पूजा गरी जमरा, बेबरी र दारूको छाँकी देवथानमा चढाइन्छ । त्यसपछि मटावाले गाउँका दाजुभाइ (गढुर्याहरू) लाई कानमा जमरा र बेबरी लगाइदिन्छन्, र उनीहरूले मटावालाई फर्काएर सम्मान स्वरूप लगाइदिन्छन् । पूजा सकिएपछि मटावाको घरमा सेतो टीका लगाउने गरिन्छ, जसलाई शान्तिको प्रतीक मानिन्छ ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत लगायत जिल्लामा यो परम्परा जीवित रहेको छ । मटावा नारायण चौधरीका अनुसार, गँवल्या टीकामा विशेष साइत हेर्ने चलन भने छैन ।
प्रकाशित मिति : २०८२ असोज १५ गते बुधवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।