२०८३ भाद्र १३ गते शनिवार

राप्ती नदीमा माछा मार्न गएका ११ वर्षीय बालक बेपत्ता

नेपालगन्ज, १४ असोज । राप्तीसोनारी ७ सैयापुरका ११ वर्षीय भीम पुन राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । बालक आफ्ना बुबा प्रेम पुनसँगै सोमवार दिउँसो पिप्रहवा घाट नजिक माछा मार्न गएका थिए ।

वडा अध्यक्ष राम लखन थारूका अनुसार भीम अचानक डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरीको गोताखोर टोली शमसेरगन्जबाट आएको थियो । सोमबार रातिसम्म खोजी गर्दा बालक फेला परेन । स्थानीयहरू मंगलवार बिहानैदेखि नदी किनारमा खोजी कार्य जारी राखेका छन् । दसैँको मुखमा बालक बेपत्ता भएपछि पुन परिवारमा गहिरो शोक छाएको छ ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।