२०८३ साउन १० गते आइतवार

सुदन गुरुङमाथि आक्रमणको प्रयास

काठमाडौं, १ आश्विन । ‘हामी नेपाल’का संयोजक सुदन गुरूङमाथि आक्रमणको प्रयास भएको छ।

गुरुङ आफ्नो अफिसबाट निस्कँदा दुई रातो कारमा आएका समूहले उनलाई रानीबारीदेखि नयाँबानेश्वर चोकसम्म पछ्याएर आक्रमण गर्न खोजेको बताइएको छ। आक्रमण प्रयासपछि सरकारले गुरूङको सुरक्षा बढाएको छ। सुदन हाल सुरक्षित स्थानमा रहेका छन् र आफू कसैसँग नडराएको बताएका छन्। यसअघि पनि रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनीमाथि आक्रमण प्रयास भएको थियो।

गुरूङले बलियो आत्मबल लिएर देश परिवर्तनको अभियानमा होमिएको र भ्रष्टाचार हटाउने उद्घोष गरेको बताएका छन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया