काठमाण्डौ, १ असोज। आज कालीगढहरुले भगवान् विश्वकर्माको पूजा आराधना गरी भव्यरुपमा विश्वकर्मा पूजा पर्व र वास्तु दिवस मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यस पर्वमा औजार, कलकारखाना र सवारीसाधनमा पूजा गर्ने परम्परा छ।
धार्मिक विश्वासअनुसार पूजा गरिएको औजार र यन्त्र लामो समयसम्म टिक्ने र राम्रो काम हुने मानिन्छ। द्वापर युगमा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेका कारण उहाँलाई महान् वास्तुविद् मानिन्छ। यसै सम्झनामा नेपालका कालीगढले आज विश्वकर्माको विशेष सम्मान गर्दै औजार, कलकारखाना र सवारीसाधनमा पूजा गरेका छन्। वास्तुविद्हरुले पनि यस दिनलाई ‘वास्तु दिवस’का रूपमा मनाउने गरेका छन्।
हाल नेपालमा स्थापत्य वेदमा आधारित सहर र आवास निर्माणमा चासो बढ्दै गएको कारण वास्तु विद्याको महत्व अझ बढेको छ।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।