काठमाडौं, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाउँदै प्रारम्भिक चरणमा दुई मन्त्रीको टुंगो लगाएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वअर्थसचिव रामेश्वर खनाललाई र ऊर्जा मन्त्रालयको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई दिने निर्णय गरिएको हो।
प्रधानमन्त्री कार्कीले खनाल र घिसिङसँग प्रारम्भमा फोनमार्फत सम्पर्क गरेकी थिइन् भने त्यसपछि प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरी औपचारिक प्रस्तावसमेत गरिसकेकी छन्। दुबै जनाले प्रस्ताव स्वीकार गरिसकेको स्रोतको दाबी छ।
त्यसैगरी, पूर्वप्रहरी महानिरीक्षक ओमप्रकाश अर्याललाई पनि मन्त्रिपरिषद्मा समावेश गर्ने प्रस्ताव गरिएको छ। यद्यपि, उनले अहिलेसम्म सहमति जनाएका छैनन्। स्रोतका अनुसार अर्यालले आफू सरकारबाहिर बसेर नै सहयोग गर्न इच्छुक रहेको बताएका छन्।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।