२०८३ कार्तिक ७ गते शुक्रवार

आज खग्रास चन्द्रग्रहण लाग्ने

काठमाण्डौ, २२ भदौ । भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्नेछ । राति ११ बजेर ५६ मिनेटमा चन्द्रग्रहणको मध्य हुनेछ । त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साढे तीन घण्टा काठमाण्डौबाट चन्द्रग्रहण देखिनेछ । यो ग्रहण यसवर्षको पहिलो ग्रहण हो ।यसै वर्ष फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।  

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।