२०८३ कार्तिक ७ गते शुक्रवार

लिपुलेक मुद्दा जटिल विषय भएको भारतीय विज्ञको जोड

भारत र चीनले गएको मङ्गलवार लिपुलेक नाका हुँदै वैदेशिक व्यापार गर्ने सहमति गरेपछि नेपालले भारत र चीन दुवैलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ ।नेपालले अस्ति बिहीवार दुवै देशलाई कूटनीतिक नोट पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आजै एमाले महासचिव शङ्कर पोख्रेल र सचिव लेखराज भट्टले पनि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको बताउनुभएको छ ।कूटनीतिक नोटमा भारतसँग स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान गर्ने भनिएको छ । तर नेपालबारेका जानकार भारतीय विज्ञहरूले भने लिपुलेकका बारेमा भारतले वार्ता गर्नेमा आशङ्का व्यक्त गरेका छन् । बीबीसीसँगको कुराकानीमा उनीहरूले सन् १९५४ मै लिपुलेक हुँदै भारत र चीनबीच व्यापार खुला रहेको र अहिले पनि चीनले त्रिदेशीय मुद्दा नठानेका कारण भारतले यो मुद्दालाई असान्दर्भिक भन्ने बताएका छन् । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक र नेपाल मामिला विज्ञ एसडी मुनीले बीबीसीसँग कुरा गर्दै भारतले लिपुलेकको विषयमा नेपालसँग कुरा गर्ने सम्भावना आफूले नदेखेको बताउनुभएको हो ।।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।