२०८३ कार्तिक ७ गते शुक्रवार

सौतेनी र आफ्नो छोरा भनी अङ्शमा विभेद गर्न नपाउने सर्वोच्चको व्याख्या

सर्वोच्च अदालतले बाबु आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक लाग्ने व्याख्या गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सौतेनी आमा र अर्कोपट्टिबाट जन्मेको छोराको हकबारे विस्तृत व्याख्या गरेको हो ।   २०८१ सालको चैतमा भएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गर्दै सौतेनी र आफ्नो छोरा भनी अङ्शमा विभेद गर्न नपाउने व्याख्या गरेको हो । कानूनले अङ्शबन्डाको प्रयोजनको लागि आमा वा छोराछोरीलाई र सौतेनी आमा वा सौतेनी छोराछोरीलाई समान अर्थमा लिएको सर्वोच्चको व्याख्यामा उल्लेख छ । बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक सरह हुने र सौतेनी आमाले बकस पत्र दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैतृक हुने पूर्ण पाठमा भनिएको छ ।अङ्श धन अन्तर्गतको सम्पत्ति आफ्नो उदरतर्फको छोरालाई मात्र पैतृक सरह हुने र सौतेनी छोराको हकमा हुन सक्दैन भनी व्याख्या गर्नु न्यायोचित तथा उल्लिखित कानूनी व्यवस्थाको मर्म र भावना अनुकूल हुने नदेखिने फैसलाको पूर्ण पाठमा उल्लेख छ ।।  

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।