२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु 

तुलसीपुर, ३ भदौ ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ८ कृष्णमन्दिर निवासी ३५ वर्षकी कविता चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बिहान १० बजे भाँडा माझ्ने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

मोटर प्रयोग गरेर कुवाको पानी तानीरहेको समयमा भाँडा माझ्न जानुभएकी चौधरीलाई दुबै हातमा करेन्ट लागेको थियो । तुलसीपुरको दुधेनामा घर निर्माणको काम गदै आएका श्रमिकहरूलाई चौधरीले खाना पकाउने काम गर्दै आउनु भएको थियो । लमही नगरपालिका –३ निवासी ४४ वर्षका खुशीराम चौधरीले घर निर्माणको ठेक्का लिनु भएको थियो । स्थानीय जित बहादुर खडकाका अनुसार मृतक चौधरीका श्रीमानको करिब ८/९ वर्ष अघि मृत्यु भएको थियो । मृतकका एक मात्र छोरा छन् । 

 

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।