२०८३ मङ्सिर ९ गते बुधवार

टरिगाउँ हरिपौरी खानेपानीको नयाँ नेतृत्वका लागि तीन दल चुनावी मैदानमा

तुलसीपुर, २९ साउन । टरिगाउँ हरिपौरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि ३ दल चुनावी मैदानमा उत्रिएका छन् । भदौ ६ गतेहुने निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीको संयुक्त प्यानल रहेको छ भने नेकपा एमाले र रास्वपा एक्ला एक्लै चुनावी मैदानमा छन् ।

काँग्रेस र नेकपा माओवादीको संयुक्त प्यानलबाट अध्यक्षमा डिल्ली बहादुर बस्नेत, उपाध्यक्ष डिला केसी, सचिव हरिचरण चौधरी, कोषाध्यक्ष श्याम कुमार आचार्य, सदस्यहरुमा हेमबहादुर बस्नेत, पूर्ण बहादुर वली, गजाधर चौधरी, तुलसी केसी, र सावित्रा भण्डारी (खडका) रहनु भएको छ ।

त्यसैगरी एमालेबाट अध्यक्ष देबहादुर डाँगी, उपाध्यक्ष कमला खत्री, सचिव खगेन्द्र अधिकारी, कोषाध्यक्ष खोपीराम डाँगी, सदस्यहरुमा प्रचण्ड अधिकारी, सत्यराम चौधरी, केदार नेपाली, शिला दहाल (खत्री) र कालिका पाण्डे रहनु भएको छ ।

त्यसैगरी रास्वपाबाट शरद वली, उपाध्यक्ष मोतिकला वली, सचिव टंक नेपाली, कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, सदस्यहरुमा भेषराज आचार्य (सुनिल) बोधराज बस्नेत (गोरी) अशोक कुमार शर्मा, पार्वती अधिकारी, (बिसी) र सिता नेपाली रहनु भएको छ ।

तीन वटै दलले आज आआफना उम्मेदवारहरुको नाम दर्ता गराएका छन् ।  मतदान भदौ ६ गते बिहाने ८ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीले जानकारी दिनुभयो । ९ सदस्य कार्य समितिका लागि तीन दलबाट २७ जनाको उम्मेदवारी परेको छ । खोपानी आयोजना क्षेत्रमा ७ सय १४ जना मतदाता संख्या रहेका छन् । चुनावी मैदानमा उत्रिएकाहरुले आफुहरु पार्टीको चुनाव चिन्ह लगेर नगएपनि पार्टीको समर्थन भने रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।