तुलसीपुर, २१ साउन । दाङको तुलसीपुरमा करिब ३ सातादेखि एक युवक वेपत्ता भएको परिवारजनले बताएको छ । चामल लिन तुलसीपुर बजार जानु भएका तुलसीपुर उपमहागनरपालिका–७ पर्सेनी निवासी ३२ वर्षका रत्न बहादुर बुढाथोकी साउन ३ गतेदेखि बेपत्ता भएको श्रीमती कमला बुढाथोकीले तुलसीपुर खबरलाई जानकारी दिनुभयो । पैसा दिएर चामल किन्न पठाएका श्रीमान अहिलेसम्म घर नफर्किएको भन्दै कमलाले श्रीमानको खोजबिनका लागि सबैसंग आग्रह गर्नुभएको छ ।
“साउन ३ गते दिउँसो १२ बजे दुई हजार रुपैयाँ दिएर चामाल किन्न तुलसीपुर बजार पठाएँ । घरबाट निस्कीने बित्तीकै फोन सुइचअफ भएपछि कतै महिला लगेर भाग्न सक्छन भनेर सोही दिन दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर होलिया कटाए ।” कमलाले भन्नुभयो ।
अघिल्लो दिन साँझ श्रीमान श्रीमतीको सामान्य विवाद भएको पनि कमलाले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुसीपुरले बेपत्ता भएका बुढाथोकीको श्रीमतीले होलिया कटाएको र खोजी भइरहेको जनाएको छ ।
“पैसा लिएर श्रीमान हराएको भन्दै श्रीमतीले खोजी कार्य गरि पाउँ भनेर निवेदन दिनुभएको छ । उहाँले सिकाएको मान्छेलाई पनि ल्याएर सोधपुछ गरेका छौ । त्यस्तो केहि भेटिएन । अब कल डिटेलका लागि निवेदन दिएका छौ । त्यसको विववरण आयो भने थप केहि खुल्छकी भन्ने लागेको छ ।” इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सूर्य रानाले भन्नुभयो । बेपत्ता भएका रतन बहादुरका बहिनी घना बुढाथोकीले दाइले फेसवुक पनि नखोलेको सानो पिटपिटे मोबाइल मात्रै प्रयोग गर्ने भएकाले खोजीकार्यमा समस्या भएको बताउनुभयो ।





