काठमाडौँ । आफुलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । वाइबालाई आज पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिनुभयो । वाइबालाई साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो । पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार






