२०८३ जेष्ठ २५ गते सोमवार

केपी ओलीले भने : मेरो चीन भ्रमणले डेढ खर्बको भैंसीको मासु निर्यात हुनेभयो

सिन्धुली,१६ साउन । चीनको प्रत्यक्ष लगानीमा सिन्धुलीको मारिण गाउँपालिका–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना हुने भएको छ । चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले करिब २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीमा सो उद्योग स्थापना गर्न स्वीकृति पाएको उद्योग विभागले जनाएको छ ।

गत मंसिर महिनामा चीन भ्रमणको क्रममा भएको सहमतिअनुसार अघि बढाइएको परियोजनाले वार्षिक दुई लाख मेट्रिक टन भैंसीको मासु तथा ५५ हजार मेट्रिक टन छाला, भित्री अंग, टाउकोजस्ता सहायक उत्पादन गरिने छ ।

उद्योग सञ्चालनमा आएपछि पाँच हजार एक सय ५६ जना नेपालीलाई प्रत्यक्ष रोजगारी प्राप्त हुने अनुमान गरिएको छ । साथै, उद्योगले उत्पादन गरेको मासु चीन निर्यात गरिनेछ, जसबाट नेपालले वार्षिक झन्डै डेढ खर्ब रुपैयाँ बराबरको आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

यो परियोजना नेपालको निर्यात वृद्धिमा योगदान पु¥याउनुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । कृषि तथा पशुपालनसँग जोडिएको उद्योगमा यति ठूलो परिमाणको विदेशी लगानी आउनु आफैंमा सकारात्मक संकेतका रूपमा हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलले सामाजिक संजाल फेसवुकमा लेख्दै गएको मंसिरमा चीनमा भएको भ्रमणको मुख्य उपलब्धी भएको बताउनु भएको छ ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया