२०८३ कार्तिक ८ गते शनिवार

राजनीतिक दलहरूको स्वमूल्याङ्कन गरिने

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने भएको छ । यसका लागि आयोगले राजनीतिक दल स्वमूल्याङ्कनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ । मस्यौदाले सङ्गठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२ तथा दलको जिम्मेवारीका लागि १५ अङ्कभार प्रस्ताव गरेको छ । त्यसैगरी लैङ्गिक तथा समावेशी व्यवस्थाका लागि १०, कोष व्यवस्थापन र लेखापरीक्षणजस्तो महत्त्वपूर्ण पक्षका लागि २०, चुनावमा सहभागिता र प्रतिनिधित्वका लागि १५ तथा अन्य राजनीतिक व्यवस्थाका लागि १० अङ्कभार तोकिएको छ । स्वमूल्याङ्कनका क्रममा आयोगले दलहरूले विधान र कानूनको पालना गरे/नगरेको विस्तृत रूपमा हेर्नेछ । यसअन्तर्गत दलको विधानमा उल्लेख भएबमोजिम तहगत समितिहरूको गठन, पदाधिकारीको आवधिक चुनाव र संसदीय दल गठनको अवस्थाजस्ता विषयहरू मूल्याङ्कनको आधार बन्नेछन् । आन्तरिक व्यवस्थापनतर्फ सदस्यताको अद्यावधिक विवरण र नियमित बैठकहरूलाई हेरिने आयोगले जनाएको छ । आर्थिक पारदर्शिताका लागि दलको छुट्टै कोष, बैंक खाता सञ्चालन, २५ हजार रुपैयाँभन्दा माथिको सहयोग बैंकिङ प्रणालीबाट लिए/नलिएको र एक लाखभन्दा बढीको चन्दामा स्रोत खुलाएको/नखुलाएको जस्ता पक्षहरूको आयोगले जाँच गर्ने छ । कार्यविधिलाई अन्तिम रूप दिन आयोगले सुझाव मागेको छ ।।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।