२०८३ बैशाख ११ गते शुक्रवार

तुलसीपुरले भन्यो : ७० प्रतिश योजना सम्पन्न भए

तुलसीपुर, ५ साउन । तुलसीपुर उपमहानगरपालिकाले एक वर्षमा ७० प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकार, प्रदेश सरकार र नगरस्तरीय योजनाको स्वीकृत बजेटको असार मसान्तसम्म एक सय ९९ वटा योजनामध्ये एक सय ४० वटा योजना सम्पन्न गरेको हो ।

भुक्तानी बाँकी नगरस्तरीय योजना २८ वटामध्ये २३ वटा सम्पन्न भएका छन् भने ४ वटा सम्झौता भएका छन् । त्यस्तै तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत एउटा योजना सम्पन्न भएको छ भने नगरस्तरीय योजना हिउँदे नगरसभाबाट छनोट भएका ४७ योजना मध्ये ३४ वटा सम्पन्न भएका छन् । ६ वटा योजना सम्झौता भएका छन् ।

त्यस्तै प्राधिकरण अन्तर्गत रद्द भई पुनः प्रक्रियामा रहेका योजना ८ वटा मध्ये ५ वटा सम्पन्न, शैक्षिक सुधार कार्यक्रम योजनाका ५ वटामा ३ वटा सम्पन्न, सडकबोर्ड २०८१/०८२ का ३ वटा योजनामध्ये २ वटा सम्पन्न भएका छन् भने एउटा सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । सङ्घीय सरकार समपुरक अनुदानका २ वटा योजनामध्ये एउटा सुरु भएको छ भने एउटा सम्पन्न भएको छ । पालिकाले सङ्घीय सरकार सर्शत अनुदान ७ वटा योजनामध्ये ५ वटा सम्पन्न गरेको छ भने २ सम्झौता भएका छन् ।

त्यस्तै लागत सहभागीताका ३२ वटा योजनामा २६ वटा सम्पन्न भएका छन् भने ६ वटा सम्झौता भएका छन् । गरिबसँग विश्वेश्वर कार्यक्रम र झुलुंगे पुलका एक–एक योजना भने सम्पन्न भएको योजना तथा बजेट शाखाका प्रमुख टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्झौता भएका केही योजना सम्झौता भई काम भइरहेको र बहुवर्षीय योजनाका केही काम भइरहेका छन् । केही छनोट भएका योजना भने बजेट अभावका कारण सुरु हुन नसकेको बताएको छ । ‘पालिकाले सङ्घीय, प्रदेश सरकार र नगरस्तरीय योजना एक सय ९९ मध्ये १ एक सय ४० सम्पन्न गरेको छ, ३८ वटा सम्झौता भएका छन् अन्य भने बजेट अभावका कारण योजना अगाडि बढ्ने सकेनन्’ खड्काले भन्नुभयो । पालिकाको आन्तरिक स्रोत लक्ष्यअनुसार नहुनु तथा समयमै आउनु पर्ने बजेट नआएका कारण अन्य योजना भने आर्थिक वर्षमा काम नभएको बताएको छ ।

त्यस्तै उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न योजनाबाट भएका उपलब्धी अन्तर्गत तुलसीपुर उपमहानगरका विभिन्न स्थानमा १३.५४ किलोमिटर सडक कालोपत्रे गरेको छ भने कालोपत्रे सडक १.८० किलोमिटर मर्मत गरेको जनाएको छ । त्यस्तै पालिकाभित्रका सडकमा पक्की नाला १४।२२ किलो मिटर, पक्कि सिँचाइ कुलो आठ सय ४५ मिटर र सामुदायिक भवन १६ वटा निर्माण भएका छन् ।

कल्भर्ट स्लयाव ८ वटा निर्माण हुनुका साथै सामुदायिक विद्यालय भवन निर्माण ५ वटा र विभिन्न वडामा मन्दिर तथा भुयारथान १२ वटा निर्माण भएका छन् । पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा एउटा वडा कार्यालय र एउटा स्वास्थ्यचौकी भवन निर्माण गरेको जनाएको छ । त्यस्तै वरपिपल चौतारा र खेलमैदान दुई / दुई वटा निर्माण गरेको छ भने एउटा झोलुंगे पुल र कृषि हाटबजार दुईवटा निर्माण गरेको गरेको योजना शाखाले जनाएको छ भन्दै आजको गोरक्ष देनिककमा बालाराम खाडकाले खबर लेख्नु भएको छ ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार
प्रतिक्रिया