तुलसीपुर, २६ असार । गुरु पूर्णिमाको अवसरमा तुलसीपुरमा रक्तदान गरिएको छ । राधा माधव समितिले तुलसीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा २१ जनाले रक्तदान गरेका थिए ।
रगत अभावका कारण कुनै पनि मानवको अकालमा मृत्यु नहोस् भन्ने उद्देस्यले रक्तदान कार्यक्रम गरिएको समितिले जानकारी दिएको छ । राधा माधव समितिले भुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण अप्ठेरोमा परेकाहरूलाई राहत वितरण, विपन्न तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण लगायतका सामाजिक कामहरू गर्दै आइरहेको छ ।
समितिका अध्यक्ष दिनेश डाँगीको अध्यक्षता एवम् प्रदेश सांसद रेखा शर्माको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो ।
प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।