२०८३ जेष्ठ २३ गते शनिवार

माओवादी सांसदको किस गरेको भिडियो सार्वजनिक भएपछि राप्रपाका नेता पक्राउ

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामासँग सम्बन्धित आपत्तिजनक फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ‘बाग’ उपनामले चिनिने रमेशबहादुर बडु रहेका छन्, जो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्यसमेत भएको बुझिएको छ ।

सांसद लामाले आफूलाई कृत्रिम बौद्धिक प्रणाली (एआई) को माध्यमबाट किस गरेको भिडियो तयार गरी सामाजिक सञ्जालमा सेयर गर्दै चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार अदालतको आदेशअनुसार बडुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइएको छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया