२०८३ असार १२ गते शुक्रवार

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरलाई युरोगार्ड प्रदान

तुलसीपुर, २२ असार । राधा माधवा समिति तुलसीपुरले राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरलाई युरोगार्ड प्रदान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरेर समितिले अस्पतालका प्रमुख डा.मदन कुमार बिसीलाई पानी सुद्धिकरणका लागि आवश्यक पर्ने युरोगार्ड हस्तान्तरण गरेको हो ।

अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई स्वच्छ पानी पिउनका लागि सहज होस भन्ने उद्देश्यले युरोगार्ड उपलब्ध गराइएको समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष दिनेश डाँगीको अध्यक्षतामा भएको हस्तारण कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मीले आध्यात्मिक जागरणसंगै मानविय सेवामा समेत राधा माधवा समितिको उल्लेखनिय योगदान रहेको बताउँदै प्रशंसा गर्नुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, अस्पतालका वरिष्ट कविराज निरीक्षक डा. कैलाश न्यौपाने, राधा शर्मा लगायतले बोल्नुभएको थियो । तुलसीपुर– दोघरेमा रहेको आयुर्वेद अस्पतालमा दैनिक एक सय बढी विभिन्न समस्याका बिरामीहरु आउने गरेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया