२०८३ भाद्र २४ गते बुधवार

वन रक्षकका लागि पुरुष भन्दा महिलाको आवेदन धेरै

पाल्पा,  १७ वन रक्षक पदमा भर्ना आवेदन दिनेमा पाल्पामा पुरुष भन्दा महिना धेरै भएका छन् । हुलाक मार्फत आवेदन बुझाएका जम्मा नौ सय ८० जनामध्ये ७५ प्रतिशतभन्दा धेरै महिला रहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी हरिहर गैरेले जानकारी दिनुभयो । न्युनतम कक्षा ८ उत्तिर्णले आवेदन दिन पाउने भएपनि स्नाकोत्तर उत्तिर्ण महिलाले समेत आवेदन दिएको गैरेको भनाई छ । युवाहरु परदेश गएपछि जिल्लामा महिलाको संख्या धेरै भएकाले पनि उनीहरुको आवेदन धेरै भएको हुन सक्ने हुलाक अधिकृत खेतबहादुर खत्रीले बताउनुभयो ।
प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।