तुलसीपुर,२० जेष्ठ । पर्यटकीय दृष्टिले आकर्षक केन्द्र वन्दै गईरहेको दाङको तुलसीपुरमा रहेको राप्ति शान्ति उद्यान पार्क लुम्विनी प्रदेशकै नमुनाको रुपमा रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख बेशिन्द्रराज सुबेदीले वताउनुभएको छ । दाङमा सरुवा भई आउनुभएका प्रमुख सुवेदीलाई स्वागत तथा सम्मान सँगै पार्क अवलोकन कार्यक्रममा उहाँले यस्तो वताउनभएको हो । श्री गणेश सामुदायिक वन उपभोक्ता समूह मातहत सञ्चालनमा रहेको उक्त उद्यान पार्क निर्माण र व्यवस्थापनमा सामुदायिक वनले उत्कृष्ट कार्य गरेको बताउँदै प्रमुख सुबेदीले पर्यापर्यटनसँग जोडिएर काम गर्ने सामुदायिक वनहरुलाई डिभिजन वनले आवश्यक सहयोग गर्ने पनि वताउनुभयो ।
श्री गणेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बामदेब भण्डारीको अध्यक्षतामा सम्पन्न स्वात तथा सम्मान कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना परिमार्जन, सामुदायिक वनको बिधान संसोधन लगाएतका विषयमा समेत छलफल भएको थियो ।
यस्तै कार्यक्रममा राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले उद्यानको ऐतिहासिक पृष्ठभूमि, पार्कको उपलब्धि र बिकासको बारेमा जानकारी गराउनुभएको थियो । तुलसीपुर सब डिभिजन कार्यालयका रेन्जर प्रकाश ढकाल, बिधान संसोधन समितिका संयोजक लोकमणी पोख्रेल, सदस्य छबिलाल पन्थी, बालाराम रेग्मी, माधब गिरी, डुण्डमान पराजुली लगायतले आफ्ना भनाई राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण कार्यालय ब्यबस्थापक खेमराज बिश्वकर्माले गर्नु भएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।