२०८३ भाद्र १४ गते आइतवार

तुलसीपुरको सिरखोलामा सडेको अवस्थामा एक पुरुषको शब फेला

तुलसीपुर, १४ जेठ । दाङको तुलसीपुरमा एक पुरुषको शव फेला परेको छ । आज बुधबार बिहान ७: २० वजे तुलसीपुर–३ सिरखोला एक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शब गलिसकेको अवस्थामा छ । टाउको र खुट्टा गलिसकेको हुँदा छुटीएको अवस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । शब गलिसकेको अवस्थामा रहेको कति उमेरको समेत यसै भन्न नसकिने अवस्था रहेको डिएसपी ठकुरीले बताउनुभयो । उहाँका अनुसार करिब डेढ महिना अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलनजिकै बंगुर फर्म छ । बगुंर फममा काम गर्नेले बिहान शबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शबलाई उठाएर राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ठकुरीले बताउनुभयो ।।
प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।