२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुरमा विपद् सचेतना अभियान

तुलसीपुर, ९ जेठ  । लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्म तुलसीपुरले विभिन्न विपदबाट बच्न सचेतना अभियानलाई तीब्र बनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना एवम् लुम्बिनी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा बिपद् जोखिम न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार तुलसीपुरमा गरिएको छ । विपदबाट बच्न र यसबाट हुने क्षति न्यूनिकरण गर्नका लागि विपद व्यवस्थापन गुल्म तुलसीपुरले नागरिकलाई सचेतना दिन अभियान तिब्र बनाएको हो ।

आज तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सचेतना कार्यक्रम गरिएको लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्म तुलसीपुरका प्रहरी नायब निरीक्षक बालाराम केसीले जानकारी दिनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आगलागी, बाढी पहिरो, डुबान, चट्याङको बारेमा प्रहरी नायब निरीक्षक बालाराम केसीले प्रशिक्षण गर्नु भएको हो । उहाँले आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा के गर्ने, आपतकालीन योजना निर्माण, घरमा ग्यास सिलिन्डर लिक भएर लाग्ने आगो सतर्कतापूर्वक निभाउन सकिने बारेमा प्रशिक्षण गर्नुभएको हो ।

नेपालमा प्राय आगो र ग्यासमा खाना पकाउँदा धेरै दुर्घटना भएकाले प्रयोगात्मक रुममा सचेतना गर्ने गरिएको उहाँले बताउनुभयो । यसैगरी कार्यक्रममा प्रहरी सहायक हवलदार धनबहादुर चलाउने ग्यास सिलिन्डर र मट्टीतेल जस्ता प्रज्वलनशील पदार्थलाई सुरक्षित ढङ्गले राख्नुपर्ने बताउनुभयो । सानो आगो लागेमा फायर एस्ट्ररिङ गुसरले निभाउन सकिने बताउनुभयो । खाना पकाउँदा वा काम गर्दा मानिसलाई आगोले पोलेमा दौडिने, शरिमा पानी हाल्ने भन्दा पनि हावा नछिर्ने कपडा शरीरमा बेरेर आगोबाट बच्न सकिने बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले सबै व्यवसायीहरूलाई विपद प्रतिकार्यमा जुट्न सचेतना अभियान गरिएको बताउनुभयो । उहाँले यस्ता जनचेतनामूलक कार्यक्रम सबै ठाउँमा फैलाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।