
मनसुनसँगै निम्तनसक्ने जोखिम र त्यसको उचित व्यवस्थापनका लागि गृह मन्त्रालय र मातहतका निकायले गृहकार्य थालेका छन् । गृहमन्त्री रमेश लेखकले सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्नुपर्ने बताउनुभएको छ । मातहतका निकायलाई पनि आवश्यक निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । त्यस अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य योजना र त्यसको कार्यान्वयनका लागि छलफल तीव्र पारेको छ । प्राधिकरणले र्याफ्टिङ एशोसिएशन र पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रसँग छलफलसमेत गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले हिमाली क्षेत्रमा उद्धारका लागि र तराईरमधेशमा डुबानबाट मानवीय क्षति हुन नदिनका लागि छलफल गरेको बताउनुभयो । छलफलमा दुवै संस्थाहरूले सहयोगको प्रतिबद्धता जनाएका उहाँले जानकारी दिनुभयो । यस वर्षको मनसुनमा विगतभन्दा धेरै पानी पर्ने अनुमान अनुसार पूर्वतयारी महत्त्वपूर्ण रहेको कार्यकारी प्रमुख भट्टले बताउनुभयो ।।