राष्ट्रिय युवा संघको महाधिवेसन, दाङबाट केन्द्रिय सचिवमा बस्नेतको चर्चा

तुलसीपुर, १ जेठ ।  नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवमा दाङबाट देबु बस्नेतको चर्चा सुरु भएको छ । कास्कीको पोखरामा यही बैशाख ९,१० र ११ गते हुन लागेको १०औं महाधिवेसनले नयाँ नेतृत्व चयन गर्दै छ । जसको सचिवमा दाङका बस्नेतको नाम अग्रपन्तीमा रहेको छ । बस्नेत विगत १५ बर्षदेखी निरन्तर युवा संघमा आवद्ध हुनुहुन्छ । अहिले स्थायी कमिटि सदस्यसमेत रहेका बस्नेतले युवाहरुको हकहित संरक्षणका लागी आफु सचिवमा अगाडी सरेको बताउनुभयो । युवाहरुका हरेक समस्यालाई नजिकबाट नियालेको बताउदै बस्नेतले सचिव भएमा ती समस्याको समाधानका लागी पहल गर्ने बताउनुभयो ।

युवा संघको दाङ जिल्ला अध्यक्षदेखी केन्द्रिय सदस्य हुदै स्थायी कमिटि सदस्य रहेका बस्नेतले युवा आन्दोलनदेखी युवाहरुका पक्षमा पैरवी गर्दै आउनुभएको छ । उक्त महाधिवेशनमा देशभरीबाट करिब २ हजार जना प्रतिनिधिको उपस्थिति रहने गरी तयारी गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । उक्त कार्यक्रमको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । नेपालको कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत युवाको जनसंख्या रहेको छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया