२०८३ मङ्सिर ९ गते बुधवार

तेह्र बुँदे दाङ घोषणापत्र जारी गर्दै राष्ट्रिय खानेपानी महासंघको गोष्ठी सम्पन्न

तुलसीपुर, १३ बैशाख । तेह्र बुँदे घोषणापत्र जारी गर्दै ‘खानेपानी आयोजना सञ्चालन, व्यवस्थापन तथा गुणस्तर’ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी दाङको तुलसीपुरमा सम्पन्न भएको छ ।  राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यशाला गोष्ठीले नेपालको खानेपानी क्षेत्रको भविष्यलाई निर्देशित गर्ने १३ बुँदे दाङ घोषणापत्र जारी गरेको हो ।

जस अन्तर्गत खानेपानी संस्था तथा आयोजनाहरूको विवरण अद्यावधिक गरी पारदर्शिता कायम गर्ने, मिटर प्रणालीसहितको पूर्ण पाइप प्रणाली र गुणस्तरीय पानी वितरण सुनिश्चित गर्ने, मौलिक हकको प्रत्याभूति गर्न करमुक्त आयोजनाको माग र सरकारी सहयोगमा प्रविधि मैत्री परियोजनाको निर्माण गने, शुद्ध पानीको जनचेतना अभिवृद्धि र आवश्यक स्थानमा पानी प्रशोधन केन्द्रको निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी नदी उत्खनन रोक्न र मुहान संरक्षणका लागि वृक्षारोपण र वातावरणीय सन्तुलन कायम गर्ने पहल गर्ने,  जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न दिगो समाधान र जलवायु न्यायका लागि अपिल गर्ने, साना आयोजना मर्जर गरेर व्यवस्थापनमा दक्षता ल्याउने रणनीति बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रलाई “जनताको पानी, सरकारको लगानी” भन्ने नाराको व्यवहारिक कार्यान्वयनतर्फको महत्वपूर्ण पाइला मानिएको छ ।
शुक्रबार र शनिबार संचालन भएको गोष्ठीमा संघीय तथा प्रदेश सरकारका प्रतिनिधि, विभिन्न उपभोक्ता संस्थाहरू, स्थानीय तहका प्रतिनिधिहरू, प्राविधिक विज्ञहरू र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो ।

यसैबीच कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सरोकारवाला पक्षहरू, सहभागी उपभोक्ता संस्था, संघीय र प्रदेशस्तरीय कार्यालयहरू, स्थानीय तह, प्राविधिक सेवा प्रदायक कम्पनीहरू तथा सम्पूर्ण कर्मचारी प्रति आयोजकले विशेष धन्यवाद प्रकट गरेको छ । कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाइ कार्यालय दाङका सचिव तिलक न्यौपानेले गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।