श्रीमतीको हत्या आरोपमा तुलसीपुरको देवीस्थानबाट श्रीमान पक्राउ 

तुलसीपुर, १० बैशाख । श्रीमतीको हत्या आरोपमा तुलसीपुरको देविस्थानबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –१ देविस्थानको बयलडाँडा निवासी शेर बहादुर केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

 बैशाख ८ गते साँझ सुतेकी ५० वर्षीया श्रीमती सावित्रा केसी भोलिपल्ट बिहान पौने सात बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकका भाइ होताराम वलीले घटना संकास्पद भएको भन्दै  भिनाजुका विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

मृतकका श्रीमानले अघिल्लो दिन साँझ सुतेकी श्रीमती भोलिपल्ट बिहान पौने ७ बजे उठाउन जाँदा मृत अवस्था भेटिएको भन्दै प्रहरीलाई बयान दिएका छन् । मृतको टाउकोमा चोट देखिएको तुलसीपुर उपमहागनरपालिका–१ का वडा अध्यक्ष हुमकान्त सापकोटाले जानकारी दिनुभयो । यस अघि विभिन्न समयमा श्रीमान श्रीमती बिच मापसे सेवन गरेर झगडा हुँदै आएको थियो । प्रहरीले शेरबहादुरलाई हिजो नै नियन्त्रणमा लिएको  छ । 

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया