दाङ, २६ चैत्र । दाङको तुलसीपुर उद्योग वाणिज्य सङ्घले सुरु गरेको” सुरक्षित तुलसीपुर सुन्दर तुलसीपुर” अभियानमा हातेमालो गर्न तुलसीपुरका बैंकहरुले सुरु गरेका छन । मङ्गलबार सिद्धार्थ बैकले ५० हजारको चेक प्रदान गरेको छ । बैकका प्रबन्धक किरण आचार्यले अध्यक्ष बिनील केसीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैक तुलसीपुरले पनि २५ हजार उपलब्ध गराएको छ । बैङ्कका प्रबन्धक दिपेन्द्र थापाले अध्यक्ष केसीलाई चेक हस्तान्तरण गर्नुभएको हो । यस अघि मुक्तिनाथ बैङ्कले यो अभियानमा ५१ हजार सहयोग गरिसकेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले तुलसीपुरलाई प्रविधिको माध्यमबाट सुरक्षित गर्नुपर्ने बताएका छन । सो अवसरमा अध्यक्ष केसीले चार वर्षदेखि बिग्रीएका बाह्र थान सिसि क्यामरा मर्मत गरि सुचारु गरिएको बताउनुभयो । सुरक्षित तुलसीपुर अभियान अन्तर्गत सिसि क्यामरा जडान देखि मर्मतका कामहरू सुरु गरिएको छ उहाँले भन्नुभयो, “अहिले २२ वटा क्यामरा सुचारु छन ।
सो अवसरमा तुलसीपुर बैङ्कर्सका अध्यक्ष रञ्जन कोइरालाले वाणिज्य सङ्घले थालेको अभियानमा सबै बैङ्कहरूको सहकार्य हुने बताउनुभयो । कार्यक्रममा क्लबका सल्लाहकार सरोज लामिछानेले भन्नुभयो, ‘तुलसीपुर सबैको हो यसलाई सुरक्षित बनाउनु हामी सबैको दायित्व हो । यसमा सबैको हातेमालो हुन जरुरी छ ।
सोअवसरमा सङ्घका पूर्व अध्यक्ष बिमल रिजालले सामाजिक उत्तरदायित्व पुरा गर्दै यस क्षेत्रको विकासमा निजी क्षेत्रले सधैँ अग्रसर भएर लाग्ने बताउनुभयो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रका प्रमुख शिव गोसालीले पश्चिम दाङमा आफूले केही सुधारका कामहरू सुरु गरेको बताउनुभयो ।
पश्चिम दाङमा बयालीस सय घरधुरी विद्युतको पहुँच भन्दा बाहिर रहेको भन्दै विशेष चासो दिएर विद्युत बिस्तार गरिरहेको बताउनुभयो । उपाध्यक्ष नरेशराज भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।