२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि मतदान सुरु

तुलसीपुर, २ चैत्र । दाङको तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । साढे ९ बजेसम्म ११ सय मत खसेको तुलसीपुर खानेपानी निर्वाचन समितिका सदस्य तथा अधिवक्ता पुस्कर भण्डारीले जानकारी दिनुभयो । मतदान गर्नका लागि १५ वटा वुथ बनाइएको छ ।

बिहान साढे ७ बजेदेखि मतदान हुने भनिएपनि तयारीमा ढिलाई हुँदा बिहान ८ बजेपछि मतदान शुरु भएको थियो । तुलसीपुरको अरनिको मैदानमा शुरु भएको मतदान बेलुका साढे ४ बजेसम्म हुनेछ । तुलसीपुर खानेपानीम १० हजार ९ सय १८ मतदाता संख्या रहेका छन् ।

चुनाव दौडमा नेकपा एमाले र राप्रबाट मनोज लामीछाने, नेपाली काँग्रेसबाट यमकान्त भण्डारी र माओवादी सहित विभिन्न सानापार्टीबाट सीताराम शर्मा रहनुभएको छ । मतदानका लागि तुलसीपुर खानेपानीबाट वितरण गरिएको परिचयपत्र वा नेपाली नागरिकता अनिवार्य गरिएको छ । भोट हाल्नका लागि उपभोक्ताहरु बिहानै देखि लाइन लागेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।