२०८३ कार्तिक ८ गते शनिवार

इच्छा विपरित रङ दल्नेलाई कडा कारबाही गर्ने दाङ प्रशासनको चेतावनी 

तुलसीपुर, २८ फागुन । जिल्ला प्रशासन कार्यालय दाङले इच्छा विपरित रङ दल्ने तथा लोला हान्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्ला वर्षहरूमा होली पर्व मनाउने नाममा अनावश्यक तडकभडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू गर्ने, सार्वजनिक स्थानमा होहल्ला एबं झैझगडा गर्ने, सामाजिक जनजीवनमा असर पुग्नेगरि इच्छा विपरित रङ दल्ने, लोला हान्ने, पानीका फोहरा फाल्ने लगायतका गतिविधि गर्ने गरेको गुनासाहरू आएकाले उक्त कार्य नगर्न आग्रह गरिएको छ ।

हिन्दुहरूको महान तथा ऐतिहासिक महत्व बोकेको होली पर्वलाई सामाजिक सदभाव र भाइचारा कायम गर्दै न्यायपूर्ण सुसंस्कृत रुपमा मनाउन आग्रह गरिएको छ । यदि प्रशासनको सूचनालाई उलङ्घन गरेको पाइएमा सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली २०३३ अनुसार कारबाही गरिने दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।