तुलसीपुर, २३ फागुन । संघिय पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले संस्कार संस्कृतिबिना समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिले दाङको तुलसीपुरमा आयोजना गरेको शान्ति, सद्भाव, राष्ट्रियता, जागृती अभियान अन्तर्गत ‘सन्तसगाम’ कार्यक्रमको उदघाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री केसीले पछिल्लो समय समाजमा आएको विचलन र विकृतिलाई ठिक दिसामा ल्याउनका लागि संस्कार, संस्कृति र सामाजिक सद्भावको आवश्यकता रहेको औँल्याउनुभयो ।
नेपाल मानव धर्मले आध्यात्मिक जागरण मार्फत समाजमा सकारात्मक सन्देश फैलाईरहेको चर्चा गर्दै पूर्व स्वास्थ्य मन्त्री केसीले धर्मले मानिसलाई मानवीय कार्यमा सरिक गराउने, अनुशासनमा बाँध्ने र समाजलाई व्यवस्थित कार्यमा अघि बढाउने भएकाले आज यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यसैगरी उहाँले समाजलाई सुन्दर र राष्ट्रलाई व्यवस्थित बनाउने अभियानमा लाग्नु पर्ने भन्दै आफूले पनि साथ र सहयोग गर्ने बताउनुभयो ।
राप्ती भेरी क्षेत्र प्रभारी चाँदना बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समितका युवा संयोजक उत्तम गिरी, तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षात, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरी, रेडियो प्रकृति एफएमका अध्यक्ष नारायण खनाल, नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष लिलाधर शर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण संचार संयोजक प्रेम कुमारी मगरले गर्नु भएको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।