२०८३ कार्तिक ८ गते शनिवार

स्ववियु निर्वाचनका लागि जसपा नेपालको टास्क फोर्स गठन

काठमाण्डौँ, २३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ । आगामी २०८१ चैत्रमा  हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उक्त टास्क फोर्समा पार्टीका सचिवद्वय शैलेन्द्र साह र सुरेशकुमार मण्डल, कोषाध्यक्ष सुरीता साह तथा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव केन्द्रीय सदस्यहरु विदेश्वर यादव, कृष्णशंकर साह, अशोककुमार यादव, रमेश महतो, डा. बबी सिंह, रमेशकुमार यादव, अम्बिका काफ्ले, श्याम यादव र कमन देवान रहेका छन् । केन्द्रीय समितिको बैठकबाट केन्द्रीय नेताहरुलाई नै जिल्लास्तरीय स्ववियु निर्वाचन परिचालनको जिम्मेवारी तोकिएको पनि बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।