२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर उपमहनगरमा केशवराज आउँदै गेहेन्द्र जाँदै

दाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।

अव डाँगीको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव केशवराज पार्धे आउने छन् । डाँगीको अछामको मङ्गलसेन नगरपालिकामा सरुवा भएको छ । डाँगी गतवर्ष चैतमा तुलसीपुर उपमहानगरपालिकामा आएका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।