तुलसीपुरमा मेला महोत्सवमा जुवातास रोक्न प्रहरी प्रशासनलाई चुनौती

तुलसीपुर, १ फागुन ।  पछिल्लो समय दाङमा मेला–महोत्सव लगाउने होडबाजि नै चलेको छ । माघि महोत्सव देखि ब्यापारीक महोत्सवलगाएत मेला महोत्सव विभिन्न समयमा लाग्दै आएका छन् । यी यस्ता मेला–महोत्सवहरुमा अवैध रुपमा जुवातास खेल्ने खेलाउने क्रम पनि बढ्दै गएको छ । विगत देखी नै मेला–महोत्सवमा जुवा खेल्ने क्रम मौलाउदै आएको पाइएको छ । मेला आयोजक तथा प्रहरी प्रशासनले नै नजरअन्दाज गर्दा यस्ता अवैध कृयाकलापहरुले झन प्रंसय पाइरहेका छन् । ठुलो धनरासीको जुवाका कारण कतिपय मानिस घरबासबिहिन भएको पनि प्रसस्तै उदाहरण छन् ।

तर, यस्ता कृयाकलाप नियन्त्रणमा सम्बन्धित निकाय बेखबर हुनु दुखद पक्ष रहेको भन्दै महोत्सवमा हुने अवैध जुवा नियन्त्रण गर्नुपर्ने आमनागरिकको भनाई छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले भने जुवा कुनैपनि स्थानमा खेल्न नपाइने बताएको छ । अवैध जुवा नियन्त्रणमा प्रहरी सक्रिय रुपमा लागी रहेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जुवा खेल्ने कसैलाई पनि छुट नदिने बताउनुभयो । तुलसीपुरमा आजबाट सञ्चालन हुन लागेको महोत्सवमा पनि जुवा खेलेको पाइएमा कानुनी दायरामा ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया