अश्वारा वन समूहको साधारणसभा फागुनमा  

दाङ, २३ माघ । अश्वारा सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा फागुन १० गते हुने भएको छ । वन समूहको आयोजनामा तुलसीपुर–८ स्थित अश्वारामा  बसेको विशेष भेलाले साधारणसभा पश्चात नयाँ म्यान्डेट लिएर आउने समितिले  वनकाे झाडीसफाइ देखि वन व्यवस्थापन र कटानछपानको कार्य गर्ने पाउने निर्णय भेलाले गरेको छ ।

सो अवसरमा बोल्ने सहभागीले वन संरक्षणको कार्य पछिल्लो समय चुनौती बन्दै गएको बताउँदै यसलाई जोगाउन सबै लाग्नुपर्ने बताएका थिए । वन व्यवस्थापनको काम वन समूहको कार्ययोजना भन्दा ढिला भएकाले आवश्यकताको आधारमा अति आवश्यक परेकालाई बाहेक अन्य उपभोक्तालाई तत्कालका लागि दाउरा वितरण गर्न नहुने बताएका थिए ।

वन समूहका अध्यक्ष यम प्रसाद सुवेदीको अध्यक्षतामा बसेको भेलामा प्रकृति संरक्षण मञ्च दाङका अध्यक्ष ओपेन्द्र बस्नेत, वन समूहका उपाध्यक्ष वासु न्यौपाने, सल्लाहकार देवराज खडका, तिलक बहादुर बस्नेत, गौरी टोल विकास संस्थाका अध्यक्ष चन्द्र बहादुर बस्नेत, श्रवण टोलका नरेश घर्ती, चेतना टोलका मङ्गल सिंह रोका, महिला स्वमसेविका कुसुम भण्डारी, वन समूहका कोषाध्यक्ष टोपबहादुर बिक लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन वन समूहका सचिव निमबहादुर खडकाले गर्नुभएको थियो । वन समूहले कार्य समितिको कार्यकाल माघ २८ गते सकिने भएकाले समितिको म्याद थप वा वन व्यवस्थापन के गर्ने भन्ने विषयमा प्रस्ताव अघि सारेको थियो । 

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया