चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै ४३ महिला र ५६ जना पुरुष गरी ९९ जनाले आत्महत्या गरेका छन् । यस्तै गतआर्थिक वर्ष २०८०/०८१ मा १ सय २२ पुरुष र ८७ महिला गरी २ सय १९ जना, २०७९/०८० मा १ सय २२ पुरुष र ९८ महिला गरी २ सय २० जनाले आत्महत्या गरेका छन् । यसैगरी २०७८/०७९ मा १ सय ४६ पुरुष र ७७ महिला गरी २ सय २३ जना, २०७७/०७८ मा १ सय ४४ पुरुष र १सय १ जना महिला गरी २ सय ४५ जना र २०७६/०७७ मा १ सय ४६ पुरुष र ९२ जना महिला गरी २ सय ३८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी तथा प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभएको छ ।
यो अवधिमा सबै भन्दा झुण्डिएर, विष सेवन गरेर, पानीमा तथा भीरबाट हाम फालेर, आगो लगाएर तथा अन्य प्रकृतिबाट आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी आत्महत्या गर्नुको कारण गरिबीले आवेशमा आएर, पारिवारिक कलह, आर्थिक व्यवसायिक तनाव, नैराश्यता, बेरोजगार, असफलता लगायत रहेको जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकले देखाएको छ । यस्तै आत्महत्या गर्नेमा कृषि पेशामा आबद्ध, गृहणी, बेरोजगार, बैदेशिक रोजगार, सवारी चालक सहचालक, ज्यामी मजदुरी, विद्यार्थी, शिक्षक, राजनितिज्ञ र अन्य नागरिकहरु रहेका थिए ।
जातियताका आधारमा ब्राहमण तथा क्षेत्री समुदायका धेरै जातियताका आधारमा भने ब्राहमण तथा क्षेत्री समुदायका नागरिक बढी रहेका छन् । वितेको साढे पाँच वर्षमा ब्राहमण तथा क्षेत्री समुदायका ४ सय १७ जना, जनजाती समुदायका ३ सय ६७ जना, दलित समुदायका ४ सय ७ जना, मधेशी समुदायका ४३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी दाङले दिएको तथ्याँकमा उल्लेख गरिएको छ । यसरी विगत साढे ५ वर्षको तथ्याँकलाई हेर्दा जिल्लामा आत्महत्याका घटनाको ग्राफ घट्न नसकेको पाइएको छ । आत्महत्याका घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा सचेतनामूलक कार्यक्रम गरेपनि अपेक्षाकृत रुपमा घट्न सकेको छैन ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।