काठमाण्डौ, १७ माघ । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उहाँका छोरा २८ वर्षक पूजन गुरुङ तथा आफन्त ४५ वर्षकी तारा गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको मृत्यु भएको हो । स्थानीयले आज बिहान जीप खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।