कञ्चनपुर, १२ माघ ।कञ्चनपुरमा आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार विष्टको उपचारका क्रममा हिजो कैलालीको निःशर्ग अस्पतालमा ज्यान गएको हो ।
गएको माघ ९ गते ड्युटीमा रहेका बेला विष्ट आफैँले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । घाइते विष्टलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरिएको थियो ।।
प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।