दंगीशरणमा रूखबाट लडेको भनिएका युवकको गोली लागेर मृत्यु भएको खुलासा

तुलसीपुर, ५ माघ ।  दाङको दंगीशरणमा रुखबाट लडेको भनिएका युवकको गोली लागेर मृत्यु भएको खुलेको छ । माघ ३ गते दिउँसो ४ बजेको समयमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका प्रेम कुसारी रुखबाट खसेको भन्दै स्थानियले उपचारका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएका थिए । घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भनिएपनि उनको गोली लागेर मृत्यु भएको पाइएको हो । खुट्टाको घुँडा र साप्रोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा नेपालगन्जमा सोहीदिन मृत्यु भएको हो ।

मृत्यु पश्चात गएराति शव घरमा ल्याएर राति नै उनको दाहसंस्कार गर्ने तयारी गरिरहेकै अवस्थामा प्रहरी गएराति नै मृतकको घरमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको बयान दिएका छन् । गोली लागेर उनको मृत्यु भएको आसंकामा प्रहरीले अनुसन्धान थालेको छ । मृतकको शव अहिले पोष्टमार्टमका लागि भेरी अस्पताल बाँके पठाइएको छ ।।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया