
तुलसीपुर, ३ माघ । प्युठानमा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान १० वजेतिर नवजात शिशु मृत अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाले फोहोर सङ्कलन गर्न राखिएको डस्टबिनमा घोप्टो पारेर शिशुलाई फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले शिशु बेवारिसे अवस्थामा भेटिएको र अनुसन्धानका लागि कुकुर आइनपुगेकाले अहिलेसम्म प्रहरीले शिशुको शव जस्तो अजस्थामा भेटिएको थियो त्यस्तै अवस्थामा प्रहरीको निगरानीमा राखिएको छ । शिशु कसले र किन छाडेको हो भन्ने विषयमा कुकुर आएपछि अनुसन्धान हुने उहाँले जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार