डिभाईनले चुम्यो ईन्टर स्कुल क्रीकेटको उपाधी

लक्ष्मण बस्नेत, ७ असार ।
डिभाईन ईन्टर स्कुल टि २० क्रीकेट प्रतियोगिताको उपाधि आयोजक डिभाईन टेम्पल एकाडेमिले हात पारेको छ ।
डिभाईन टेम्पल एकाडेमी तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको फाइनल खेलमा अमर लाई ९ रनले पराजित गर्दै डिभाईनले उपाधी चुमेको हो ।

उपाधी सगै उसले नगद २० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको छ १ त्यस्तै उपविजेतामा चित्त बुझाउन बाध्य अमर माबिले नगद १० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । टस जितेर ब्याटिङ रोजेको डिभाईनले २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय १३ रन बनाएको थियो । जसमा दिपक परियार र सरद परियारले क्रमशः १९ र १६ रनको योगदान दिएका थिए ।

त्यस्तै बलिङ तर्फ अमरका धन बहादुर केसि र सागर सेर्पाईलिले क्रमशः ३ र २ विकेट लिएका थिए । प्रतिउत्तरमा १ सय १४ रनको बिजयी लक्ष्य पाएको अमरले १९ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय ४ रन मात्र बनाएको थियो ।

त्यस्तै बलिङ तर्फ डिभाईनका केशब वलिले सर्वाधिक ४ विकेट लिए भने तुलसिराम भण्डारिले २ विकेट लिए । खेलमा म्यान अफ द फाईनल डिभाईनका केशव वलि घोषित भए । यसैबिच प्रतियोगिताको समापन समारोह डिभाईन टेम्पल एकाडेमीका प्रीन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा माननीय सासद हिराचन्द्र केसिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सो अबसरमा वेस्ट ब्याट्स म्यान डिभाईन टेम्पलका प्रकाश भण्डारी, वेस्टबलर र राईजिङ प्लेयर अमर माबी कालाखोलाका धन बहादुर केसि, म्यान अफ द सिरिज डिभाईनका प्रकाश भण्डारी घोषित भए । कार्यक्रमको सञ्चालन बिध्यालयका सहायक प्रीन्सिपल हिमाल कडेलले गर्नु भएको थियो ।

बिधालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र बिधालय स्तरका प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा क्षेत्र न ३ अन्तरगतका १७ निजि बिधालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया