फाइल फोटो
क्यानडा, १३ मंसिर । क्यानडाको ब्रिटिश कोलम्बियाको जङ्गलमा पाँच हप्ताअघि हराएका युवक जीवितै भेटिएका छन् । पाँच हप्ताअघि उत्तरी ब्रिटिश कोलम्बियाको जङ्गलमा पदयात्रा गर्न हिँडेका २० वर्षका साम बेनास्टिक जीविकै भेटिएका क्यानडाका प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उहाँको उपचार भइरहेको र स्वास्थ्य अवस्था राम्रै रहेको खबरमा उल्लेख छ । जङ्गलमा अलपत्र परेको अवस्थामा बेनास्टिकलाई अस्ति दुई जना कामदारले देखेपछि उद्धार भएको थियो । उहाँ हिउँले ढाकिएको जङ्गलमा ३५ दिनसम्म हराउनु भएको थियो । गएको अक्टोबर ७ तारिखमा उहाँ १० दिनको पदयात्रा र माछा मार्नका लागि जङ्गल प्रवेश गर्नु भएको थियो ।
तर १९ तारिखसम्म पनि नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । हराएको जङ्गलको तापक्रम माइनस ३० डिग्री सेल्सियसम्म रहेकाले कसरी बाँच्न सफल भए भन्ने आश्चर्यको विषय भएको प्रहरीले जनाएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।