पहाडी जिल्लामा वर्षा, दाङमा मौसम बदली 

तुलसीपुर, १९ कात्तिक । साविकका राप्ती चञ्चलका पहाडी जिल्लामा असिनासहित वर्षा भएको छ । दिउँसोदेखि परेको अविरल हिउँदे वर्षाका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानै देखि आकाशमा बादल लागेपनि दिउँसो देखि रोल्पा, रुकुम र सल्यानका उत्तरी भेगमा भारी वर्षा भएको त्यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

दाङ, प्यूठान र सल्यानको तल्लो भेगमा भने मौसम बदली रहेको बताइएको छ । पहाडी जिल्लाका केही क्षेत्रमा परेको बर्सातका कारण तिहार मानेर घर फर्किदै गरेका महिला तथा बालबालिका प्रभावित भएका छन् । 

रोल्पाकाे निगालपानीमा भएकाे वर्षा हेर्न भिडियाेमा क्लिक गर्नुहाेस 

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया