
काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कानुनमार्फत सशस्त्र प्रहरी बलको ३० वर्षे सेवा अवधि हटाउने तयारी भइरहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार लागिपरेको जानकारी दिनुभएको हो ।
सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार लागिपरेको भन्दै उहाँले संसदको आगामी अधिवेशनमा कानुन पारित गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।।
प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार