मेयर कप फुटवलको उपाधि वडा नम्बर ५ ले चुम्यो

तुलसीपुर,३१ जेठ ।

तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा भएको प्रथम मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले चुमेको छ । फाईनल खेलमा वडा नम्बर १५ लाई शुन्यका विरुद्ध ३ गोलले वडानम्बर ५ ले उपाधि चुमेको हो । फाईनलमा पराजित वडा न १५ ले उपबिजेता बनेको छ ।

यस्तै टाईब्रेगरमा वडा नम्बर ६ लाई वडा नम्बर ७ ले हराउदै तेस्रो भएको छ । यसैविच प्रतियोगितामा विजयी हुने वडालाई  पुरस्कार वितरण गरिएको छ । खेल संयोजक अमर नेपालीको अध्यक्षता तथा नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं उप प्रमुख माया आचार्यको विशिष्ठ आतिथ्यमा पुरस्कार वितरणगरिएको हो ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ३० हजार र तृतिय हुनेले २० हजार नगद र ट्रफि, मेडल सहित पुरस्कृत गरिएको थियो । सो अबसरमा सर्बोउत्कृट खेलाडी वडा न ५ का उज्वल चौधरी,सर्वाधिक गोल कर्ता वडा न ६ का मनोज चौधरी,उत्कृष्ट गोल रक्षक वडा न ५ का प्रकाश रोका,उत्कृष्ट मिडफिल्डर वडा न १५ का सुरेन्द्र चौधरी,उदयमान खेलाडी वडा न १५ का सिमान्त बुढाथोकी,उत्कृष्ट डिफेन्स वडा न ५ का लोकेन्द्र वलि लाई घोषित गरिएको थियो ।

कार्यपालिका सदस्य दिपक कुमालको स्वागत मन्तव्य बाट सुरु भएको समारोहको सन्चालन मेयर कप प्रतियोगिताका सदस्य सचिब वसन्त बिवश आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया