वडा नम्वर १५ क्वाटर फाईनलमा

लक्ष्मण बस्नेत,तुलसीपुर २७ जेठ ।
तुलसिपुर उपमहानगरपालिका वडा न १५ तुलसिपुरमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७५ को क्वाटर फाईनलमा प्रवेश गरेको छ । शनिवार सम्पन्न आफ्नो दोस्रो खेलमा वडा न १८ लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै वडा न १५ ले क्वाटर फाईनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा अनि सानदार खेलको निर्धारित समय सम्म २,२ गोलको बराबरी भएपछी खेलको नतिजा ट्राईवेकरमा निकालिएको थियो ।

यसैबीच शनिवारनै सम्पन्न पहिलो चरणको खेलमा वडा न ५ र वडा न ७ र वडा न ९ ले बिजयी सुरुवात गरेका छ्न । वडा न ५ ले वडा न ४ लाई र वडा न ७ ले वडा न १९ लाई ट्राईवेकरमा पराजित गर्दै बिजयी यात्रा सुरु गरेका हुन । त्यस्तै वडा न १३ लाई २ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै वडा न ९ ले बिजयी यात्रा सुरु गरेको हो ।

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया