तुलसीपुर, २ असोज । राष्ट्रिय शिक्षा दिवका अवसरमा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले २० जना छात्रा छात्रलाई पुरस्कृत गरेको छ ।
तुलसीपुर नगरमा कक्षा ८, १० र १२ मा उत्कृष्ट नतीजा ल्याउने सामुदायिक र संस्थागत तर्फका २० जना छात्राछात्रलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा संस्थागत तर्फ कक्षा १२ मा ३.८८ जिपिए ल्याएर उत्कृष्ट हुने ज्ञान ज्योति माविका सुशील पराजुली, ३.८८ जिपिए ल्याउने गोरखा माविका कोमल केसी रहनुभएको छ भने सामुदायिक विद्यालय तर्फ ३.६२ जिपिए ल्याउने गुरुजजुर मावि रक्षाचौरका चित्र बहादुर थापा, ३.६९ जिपिए ल्याउने वीरेन्द्र मावि भ्युडरका विपना बिक रहनुभएको छ ।
त्यस्तै संस्थागत तर्फ कक्षा १० मा ३.९५ जिपिए ल्याउने चन्द्रोदय विद्याकुञ्ज उरहरीका अनोज भण्डारी, ३.९५ जिपिए ल्याउने दीप इङ्ग्लिस बोर्डिङका अच्युत बस्नेत, ३.९५ जिपिए ल्याउने सोही बोर्डिङका प्रबोधन सुवेदी, ३.९५ जिपिए ल्याउने ज्ञानज्योति पब्लिक मावि बम्नैका सिमा बस्नेत, ३.९५ जिपिए ल्याउने मुना इङ्ग्लिस बोर्डिङका रोशीका कुमारी चौधरी पुरस्कृत हुनुभएको छ । त्यसैगरी सामुदायिक तर्फ ३.९५ जिपिए ल्याउने गुरुजजुर मावि रक्षाचौरका विशाल योगी, ३.८६ जिपिए ल्याउने अमर मावि उरहरीका दिक्षीया खत्री पुरस्कृत भएको शिक्षा शाखा अधिकृत मनबहादुर खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी कक्षा ८ मा सामुदायिक तर्फ ३.७५ जिपिए ल्याउने सहिद स्मृति मावि बनकट्टीका राजन एरी, मावि अश्वाराका विनु चौधरी त्यसैगरी संस्थागत तर्फ ३.९७ जिपिए ल्याउने ज्ञानज्योति मावि तुलसीपुरका नारायण पोख्रेल, ३.९७ जिपिए ल्याउने बाल अमृत इङ्ग्लिस बोर्डिङ दुधरासका युनिक डिसी, ४ जिपिए ल्याउने ज्ञानज्योति मावि तुलसीपुरका हहिस्मा राम्जा, ४ जिपिए ल्याउने हिमाल एकेडेमीका दिपशिखा कार्की, ४ जिपिए ल्याउने हिमालकै सलिना शर्मा र ४ जिपिए ल्याउने जीवन ज्योति इङ्ग्लिस बोर्डिङका मिनाक्षी देवकोटा पुरस्कृत हुनुभएको छ ।
सो अवसरमा उत्कृष्ट जिपिए ल्याउने विद्यालयका शिक्षक तथा अभिभावकलाई समेत सम्मान गरिएको थियो । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम् कार्यवाहक मेयर माधव वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यपालिका सदस्य यमुना परियार, शिक्षा शाखा प्रमुख चक्र भण्डारी, पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, शिक्षा समितिका सदस्यहरू ढक बहादुर वली, पदम वली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।