तुलसीपुर, २६ श्रावन । दाङको तुलसीपुरमा बस पल्टिदा महिला प्रहरीसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार सरिता कवर, तुलसीपुर–७ का १७ वर्षीय अजय घिमिरे र घोराही–१० निवासी भुप प्रसाद श्रेष्ठकी ५ वर्षीया छोरी स्वस्तिका शर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घोरहीबाट तुलसीपुरतर्फ आउदै गरेको ३५ जना सवार रहेको रा १ ख ११०० नम्बरको बस तुलसीपुर–७ कालाखोलास्थित अकालोमा नम्बर नखुलेको ट्रकलाई साइड दिने क्रममा बाँया तिर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते महिला प्रहरी गर्भवतीसमेत रहेको खुलेको र तिनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।