सन्दीप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं,५ जेठ ।

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । शुक्रबार राति लामिछाने अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईविरुद्ध चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिएर १ विकेट झार्न सफल भएका छन् । उनले एसके रैनालाई विजय शंकरको हातबाट १५ रनमा क्याच आउट गरे । सन्दीप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित भए । उनले भारु एक लाख रुपैयाँ पनि पाए ।

आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन्दिपले ४ ओभरमा २५ रन खर्चेर एक विकेट झारेका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया