२०८३ कार्तिक ११ गते बुधवार

दंगीशरणको बाकामा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते

तुलसीपुर, २५ असार ।  दाङको दंगीशरणमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–५ निवासी ७३ वर्षीय नन्दकली खड्का रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल दंगीशरण–७ बाकामा हिजो बेलुका आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकी खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज नर्सीङहोममा रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । मोटरसाइकल चालक सोही ठाउँका ४७ वर्षीय बेद बहादुर खड्का पनि सामान्य घाइते भएको र उपचारमा उहाँको छोरा संलग्न रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।